नोबेल अस्पतालको लापरबाही ‘भ्याकुम’ ले तान्दा नवजात शिशुको टाउको र छातीमा चोट

दिप खबर
चैत्र २७, २०७७

नोबेल अस्पतालमा भ्याकुम प्रयोग गरेर मृत निकाएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले अस्पताल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।
उनीहरुले उपचारमा संलग्न चिकित्सक डा.मधु साह र अस्पताल विरुद्ध प्रहरी र प्रशासनमा उजुरी समेत दिने भएका छन् ।

दुई दिन अगाडी अस्पतालमा इटहरी–१ आँपगाछीकी सरिता प्रधानलाई सामान्य अवस्थामा भर्ना गरिएको हो । गर्भावस्थामा बारम्बार परीक्षण गराउँदै आएकी सरिता र उनको गर्भमा रहेको शिशुको अवस्था समेत सामान्य नै रहेको चिकित्सकको बताएका थिए ।

नोबेलकै प्रसुती विभागमा चैत २४ गते सरितालाई भर्ना गरिएको उनका श्रीमान् महेश प्रधानले जानकारी दिए । भोलिपल्ट साँझ ५ः३५ मिनेटमा बच्चा निकाल्न भ्याकुम प्रयोग गर्नुपर्ने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए ।

तर, आफन्तसहित गर्भवती आमाले भ्याकुम प्रयोग नगर्ने बरु शल्याक्रिया गरेर बच्चा निकाल्ने बताएका थिए । आमाको ईच्छा विपरित चिकित्सकको जर्बरजस्तीका कारण तीन पटकसम्म भ्याकुमबाट शिशुलाई तानिएको श्रीमान् मनिषको दावी छ ।

बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए ।

बिहीबार अस्पताल परिसरमा भेला भएका पीडित पक्षीय समूहले आमालाई अत्याधिक रक्तश्राव भईरहेका कारण उपचारमा ध्यान पु¥याउनुपर्ने, बच्चा निकाल्दै देखिएको चोटको उचित परीक्षण र कारण खोजिनुपर्ने जस्ता माग प्रशासनसँग राखेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP