६ महिना अघि देखि प्रहरीको निशानामा रहेका लुटेरा मोते इटहरीबाट पक्राउ

दिप खबर
चैत्र २७, २०७७


विराटनगर,इटहरी लगायतका मुख्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

साझँको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९ मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउँसो सार्वजनिक गरेको हो ।

गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्यालय बिराटनगर लगायत अन्य प्रहरी कार्यालयले पनि खोजि गरिरहेका मोतेलाइ इटहरी प्रहरीले एक निजि व्यवसायिले जडान गरेको शिशि टिभि फुटेजको सहायतामा पक्राउ गरेको हो । कार्तिक देखि प्रहरीबाट लुकिछिपि फरार हुँदै आएका मोते गत पुस महिना देखि इटहरीमा देखिन थालेको उक्त शिशि टिभिको फुटेजमा देखिएको थियो । प्रहरीले थप अनुशन्धान गर्ने क्रममा सोहि ब्याक्ति रहेको पुस्टि भएको हो ।

गएको पुस महिना देखि हाल सम्म सोहि ब्याक्तिले इटहरीभित्रैका बिभिन्न स्थानका महिलाहरूलाइ लुटपाट गरेको ६ वटा घटना समेत प्रहरीमा दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केशीले जानकारी दिए ।

गत पुस ५ गते इटहरी उपमहानगर ९ बिपि चौकबाट एक महिलाको साथबाट रू ८० हजार लुटिएको उजुरी प्रहरी समक्ष आएको थीयो । पुनः केहि दिन पछि त्यस्तै प्रकृितिको घटना दोहोरिन पुगेपछि प्रहरीले घटनाबारे अनुशन्धान अघि बढाएको थीयो ।

प्रहरीले इटहरीस्थित बर्गर हाउसमा जडान गरिएको शिशि टिभिको फुटेज चेक गर्दा कालो रंगको ज्याकेट लगाएर एक मोटरसाइकलमा आएका ब्याक्तिले यस्तो हर्कत गरेको प्रस्ट देखिएको छ। अन्य फुटेजहरू पनि चेक गर्दै जाँदा सोहि ब्याक्ति पटक पटक देखा परेपछि २४ गते बेलुका करिब ८ बजे मुख्य राजमार्गबाटै प्रहरीले अभियुक्त मोतेलाइ पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मोतेले ६ वटै लुटपाटको घटनामा आफु संलग्न भएको स्विकारेको प्रहरीले जानकारी दिए ।

मोतेको साथबाट प्रहरीले को ८ प १२३६ नं को पल्सर मोटरसाइकल , रातो हेल्मेट ,घटनाको बेला लगाएको कालो ज्याकेट , बरामद गरेको छ । पक्राउ परेको मोते बिरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवस्यकिय अनुशन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP