नेपाल पत्रकार महासंघ सुनसरीको शाखामा राईको प्यानलैै विजयी

दिप खबर
चैत्र २७, २०७७

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा जनकऋर्षि राई विजयी भएका छन् ।

बिहिबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार महासंघको जिल्ला कार्यसमितिमा राईको प्यानलै विजयी भएको हो । प्रेस युनियन, प्रेस सेन्टर, नेकपा एमाले माधब समुह लगायतको गठबन्धनबाट अध्यक्षमा राईको प्यानलले उम्मेदवारी दिएको थियो । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा विजयी राईले १२३ मत पाए भने उनका निकटम प्रतिद्धन्दी प्रेस चौतारी, प्रेस मञ्चको गठबन्धनका उम्मेदवार सन्तोष काफ्लेले ६५ मत मात्र पाए । यस्तै, अध्यक्षकै अर्का उम्मेदवार सचिन पोख्रेलले ४५ र सुविद गुँरागाईले १० मत पाए ।

यस्तै, उपाध्यक्षमा पनि राईकै प्यानलका गणेश निरौला १४२ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी सुमन पुरीले ९८ मत पाए । महिला उपाध्यक्षमा उपाकिरण भट्टराईले १०० मत पाउँदै विजयी भइन् । उनकी निकटतम प्रतिद्धन्दी मनिता चाम्लिङले ५३, सुमित्रा राई (सञ्जु) ले ४५ र रञ्जना पौडेलले ४३ मत पाइन् । यस्तै, सचिवमा ध्रुव ढकालले १४८ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी दिनेश गजमेरले ६४ र अर्का उम्मेदवार गोपाल कामतले ३१ मत मात्र पाए ।

सहसचिवमा तीर्थ कार्की र विकल रेग्मीले समान ११५ मत पाएपछि दुवैलाई विजयी घोषणा गरिएको छ । दुवै जनाले ३ बर्षको कार्यकाल आधा आधा सहसचिवकोरुपमा कार्यभार सम्हाल्ने गरि विजयी घोषणा गरिएको हो । जसअनुसार पहिलो आधा कार्यकाल रेग्मीले चलाउने छन् भने बाँकी आधा कार्यकाल कार्कीले चलाउनेछन् । प्रेस चौतारी, मिडिया नेपाल लगायत गठबन्धनबाट विजयी हुने रेग्मी एक मात्र उम्मेदवार हुन् ।

यस्तै, सहसचिव पदमा भोला श्रेष्ठ १४२ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी प्रदिप चौधरीले ८९ मत मात्र पाए । कोषाध्यक्षमा अजितकुमार झाले १३१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी कृष्ण वहावले ६४ र निशान प्रकृति थारुले ४४ मत मात्र पाए । सदस्य पदमा पनि युनियनको गठबन्धनका उम्मेदवारहरु सुस्मिता राई, विवेक रेग्मी, संगम विष्ट, शुक्रान्त राई, आर.बि.कटवाल, शान्ता निरौला, दिपेन्द्र यादव, विरेन्द्रकुमार यादव र निश्चल शर्मा विजयी भएका छन् ।

यसअघि नै जनजाति सदस्यमा पारस राई, दलित सदस्यमा सुविन विश्वकर्मा, महिला सदस्यमा देविका चाम्लिङ र अल्पसंख्यकमा मिखाइल आलम निर्विरोध निर्वाचित भइसकेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP