कर्णाली सरकारबाट एमालेका ३ मन्त्रीले दिए राजीनामा

दिप खबर
चैत्र २४, २०७७


कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले संयुक्तरुपमा राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताए । उनले भने, ‘एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गर्‍यो, त्यसलाई स्वीकार गरेर हामीले राजीनामा दिएका हौं ।’

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद छन् भने नेकपा एमाले २० सांसदसहित सबैभन्दा ठूलो दल छ, एमालेबाटै निर्वाचित राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP