इटहरी १० खनारको तिरुपति प्लाई उद्योगमा लागेको आगो २४ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार प्लाई उद्योगमा सोमबार विहान ७ बजेबाट भएको आगलागी मंगलबार विहान ९ बजे मात्र नियन्त्रणमा आएको हो ।
आगलागीबाट उद्योग पुर्ण रुपमा क्षेति भएको छ । आगोबाट उद्योगको १० प्रतिशत सामग्री भने जोगिएको डिएसपी केसीले बताए । आगोलाई नियन्त्रणमा लिनका लागि सप्तरी। सुनसरी, मोरङ र झापाका १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानिय २४ घण्टा खटिएको डिएसपी केसीले बताए । उद्योग भित्रका प्लाईहरुमा आगो निभाउने क्रम जारी रहे पनि यसलाई नियन्त्रणमा आएको भन्नुपर्ने डिएसपी केसीको भनाई छ । ठुलो उद्योगमा आगो लागेका कारण क्षतिको विवरण आउन केही समय लाग्ने बताइएको छ । हाल उक्त उद्योगमा करिब ३ सय कर्मचारी कार्यरत छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP