इटहरी आगलागी अपडेटः ९ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन, १५ ओटा बारुणयन्त्रले नियन्त्रणमा लिने प्रयास

इटहरी आगलागी अपडेटः ९ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन, १५ ओटा बारुणयन्त्रले नियन्त्रणमा लिने प्रयास

सुनसरीको इटहरी १२ स्थित खनारमा रहेको तिरुपति प्लाई उद्योगमा लागेको आगो ९ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । सोमबार बिहान करिब ७ बजेबाट लागेको आगो दिउँसोको ३ बजे सम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
आगलागीको कारण पत्ता नलागेपनि विद्युत सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट उद्योगमा रहेको कच्चा पदार्थ जिन्सी सहित महत्वपुर्ण कागजपत्र जलेको सोही उद्योगका कर्मचारीले उमेश कुमार उराउले जानकारी दिए ।

बिहान ७ बजे कर्मचारीहरु काममा आउनु अघि नै आगलागी सुरु भएको उनले बताए
सप्तरी, सुनसरी, मोरङ र झापाका करिब १५ ओटा बारुण यन्त्र विभिन्न निकायका सुरक्षाकर्मी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । तर काठैकाठको ठाउँ तथा हावाका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
सो उद्योगमा करिब ३ सय कर्मचारी कार्यरत रहेका छन् । आगलागी नियन्त्रण भईनसकेकाले कति मुल्य बराबरको क्षति भन्ने यकिन हुन सकेको छैन ।