इटहरीको एक उद्योगमा भिषण आगलागी

चैत्र २३, २०७७


सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार बिहानै देखि भिषण आगलागि भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सोमबार बिहानैदेखि लागेको आगो नियन्त्रणको प्रयास अझै सफल हुन सकेको छैन । इटहरी देखि दमक सम्मका दमकल तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् ।

तर काठमा लागेको आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आगो निभाउन सक्दो प्रयास भइरहेको छ ।

आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ ।

इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन । यद्यपि आगलागिको कारण के कति क्षति भएको हो सो बिवरणा प्राप्त भएको छैन ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP