आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किदा भोजपुरका मगर घाइते

दिप खबर
चैत्र २२, २०७७

भोजपुरको आमचोक गाउँपालिका–७ देवान्टारमा भरुवा बन्दुकले लाग्दा एक जना घाइते भएका छन् । बादर धपाउने क्रममा आफ्नै साथीले बोकेको भरुवा बन्दुकले लाग्दा शुक्रबार स्थानीय ५३ वर्षिय जीत बहादुर मगर घाइते भएका हुन् । भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मान्द्रेकुमला सामुदायिक वनमा बादर खेदाउनसँगै गएका उनका साथी ३५ वर्षीय प्रेम बहादुर नेवारले बोकेको बन्दुक पड्किदा मगरको कम्मर पछाडीको भागमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइतेको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान उपचार भरहेको छ भने प्रेमलाई बन्दुक सहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP