धरानमा एक ब्यक्तिले गरे आत्महत्या

धरानमा एक ब्यक्तिले गरे आत्महत्या

सुनसरीको धरान ५ देउरालीमा आज (शुक्रबार) बिहान झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला परेका छन् ।

आफ्नै घरको कोठा भित्र झुन्डिएको अवस्थामा स्थानीय ५७ वर्षीय चित्रबहादुर लावतीको शव फेला परेको हो । केहिदिन देखी श्रमतीसंग पारिवारिक झगडा गर्दै आएका लावती झुन्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएसंग घटना स्थलमा देउराली स्थित अस्थाइ प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेको छ ।

टिनले बेरा गरिएको घरको बरन्डामा रहको कोठा भित्र ढोका बन्द गरी छाना लगाउन प्रयाग हुने डाँडामा झुन्डिएको अवस्थामा मृत्त फेला परेका लावतीले बुधबार श्रीमतीमाथि हातपात गर्नुका साथै श्रीमतीको कपडा समेत जलाई दिएको बताइएको छ ।

लावतिका दुई छोरा र एक छोरी रहेका छन् ।