अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता मिस लुमियर २०२१ सुरु, बिजेताले १ लाख पाउने

चैत्र २०, २०७७

धरानमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता मिस लुमियर २०२१ को अडिसन सुरु भएको छ।

एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।

अडिसन चैत्र १९ गते इलाम ,चैत्र २० गते उर्लाबारी ,चैत्र २१ गते धनकुटा ,चैत्र २२ गते बिर्तामोड,चैत्र २३ गते इटहरी,चैत्र २४ गते हेटौडा,चैत्र २५ गते पोखरा,चैत्र २६ गते काठमाडौँ साथै चैत्र २८ गते धरानमा भएर अडिसन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताका बिजेताले नगद एक लाख रुपैयाँ साथै मलेसिया र सिङ्गापुरमा आयोजना हुने प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको छ ।

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको सञ्चालिका सरला श्रेष्ठले जानकारी दिइन् । ‘खासमा साँच्चै भन्ने हो भने धरान, प्रदेश १ र देशलाई नै विदेशसम्म चिनोस् र काठमाडौं केन्द्रित हुने यस्ता प्रतियोगिता धरानमै पनि आयोजना होस् भन्ने हेतुले यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो ’ उनले भनिन् । जेठ १ गते फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् । यस्तै, वैशाख २ गतेदेखि एक महिनाको तालिमपश्चात् फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् ।

ईभेन्ट कोअर्डिनेटर सबिना खतिवडा रहेकी छिन् । ईभेन्टको निर्देशकमा सरु ढकाल र कोरियोग्राफरमा सिम्रन श्रेष्ठ रहेका छन् ।सञ्चालिकामध्येकी सिमरन श्रेष्ठले प्रतियोगिताको फाइनल राउण्डमा एकजना विदेशकै ‘जज’ ल्याइने र अन्य नेपालकै जज रहने जानकारी दिइन् ।

‘धेरैजसो प्रतियोगिता काठमाडौं केन्द्रित छन्, योङ टयालेन्टले काठमाडौं पुगेर प्रतियोगितामा भाग लिन नपाउने समेत अवस्था छ, त्यसैले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इभेण्ट धरानमै आयोजना गरौं भन्ने हो’, सञ्चालिकामध्येकी सिमरन श्रेष्ठले थपिन्, ‘फाइनलमा विदेशबाट एकजना र अन्य स्वदेशकै निर्णायक रहनेछन् ।’ उनका अनुसार प्रतियोगिताका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीले भाग लिन पाउनेछन् भने ५ फिटदेखि माथि उचाइ भएको हुनुपर्नेछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP