इटहरीका १४ वर्षीय बालक ४ दिन देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

इटहरीका १४ वर्षीय बालक ४ दिन देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

तीन दिनदेखि इटहरीका एक बालक बेपत्ता भएका छन् ।

चैत्र १५ गते बिहान ८ बजेको समयमा होली खेल्न जान्छु भनेर घरबाट हिँडेका इटहरी–३ का १३ वर्षीय सरोज दर्जी बेपत्ता भएका हुन् ।

बेपत्ता सरोजको खोजीकार्य गरेपनि पत्ता नलागेपछि हुलिया प्रकाशित गरेर खोजी गर्न अपिल गरिएको ४ दिन सम्म पनि खोजी गर्दा पनि पत्ता नलागेपछि इलाका प्रहरी कार्यालय इटहरीमा हुलिया सहित खोजी गर्न अपिल गरेको बालककी आमा सिता दर्जीले जानकारी दिइन् ।

प्रहरीका अनुसार गहुँगोरो वर्णका दर्जी ४ फिट १ ईन्च अग्लो, पातलो शरीर भएका, सेतो टिसर्ट र रातो धर्का भएको ट्रयाक लगाएका उनी चार दिनदेखि बेपत्ता भएका हुन् ।