इलाका प्रहरी कार्यालय इटहरीले फागु पूर्णिमाको दिन गत १६ गते छिमेकीलाई भाला हानी हत्या गर्ने जीवनाथ रेग्मीलाई सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरी उक्त हत्या गर्ने रेग्मीलाई सार्वजनिक गरेको हो ।
गत १५ गते इटहरी २ देविथान चौक नजिक छिमेकी ४८ वर्षीय केशव कार्कीलाई सुतिरहेको अवस्थामा दिउँसो १२ बजे फलामको भाला रोपी शक्त घाइते बनाएका थिए । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
हत्या गर्ने रेग्मीले पुरानो रिसिइबिका कारण हत्या गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) अर्जुन केसीले जानकारी दिए । उनले भाला पनि अन्य प्रयोजनको नभई हत्या गर्ने उद्देश्यले नै बनाएको समेत बताए ।
हत्या गर्ने रेग्मीलाई कर्तव्य ज्यान मुद्रामा म्याद थप गरी जिल्ला अदालत सुनसरीबाट अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरीले टेलिकमको तार चोरी गर्ने २ जनालाई पनि आजै सार्वजनिक गरेको छ । गत ९ गते इटहरी ५ खेती खोलाको पुलमा नेपाल टेलिकमको अन्डर ग्राउन्ड गरिएको तार काढ्दा काट्दै इटहरी ५ बस्ने ३१ वर्षीय ईश्वर लिम्बु र २४ वर्षीय रेनुका राई पनि आज सार्वजनिक गरेको छ । केवल तार काट्दै गरेको अबस्थाामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका साथबाट बन्चरो, छिनु र ह्याक्सो ब्लेड समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नु अघि गत फागुन ३ गते टेङ्ग्रा खोला पुलबाट ६ सय पेयरको १ थान, ३ सय पेयरको २ थान गरी जम्मा २५ मिटर तार समेत चोरेका थिए ।उनीहरू दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यता कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई युवाले इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । २०७५ साल साउन ९ गते इटहरी १० का ३२ वर्षीय कृष्ण ढकालको हत्यामा संलग्न दुई अभियुक्त फरार रहेका थिए । उनीहरू भारतको नयाँ दिल्लीमा भएको जानकारी प्रहरीले पाएको थियो । इलाका प्रहरी कार्यालय इटहरीले भारतीय प्रहरीलाई उक्त फरार रहेका व्यक्तिको फोटो सार्वजनिक गरेर खोजीलाई तीव्र बनाएको थियो ।
लगत्तै उनीहरू दुवै अभियुक्तले प्रहरी कार्यालयमा आएर गत १५ गते आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेहरुमा इटहरी १० घर भएका सुभाष चौधरी र विजय थापा भनिने मदन थापा रहेका छन् ।
उनीहरूलाई पनि जिल्ला अदालतको आदेशले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP