पार्टीलाई एक ढिक्का बनाएर नेतृत्व गर्न तयार छु: नेपाली काङ्ग्रेस इटहरी नगर सचिव

दिप खबर
चैत्र १७, २०७७

नेपालको राजनीतिमा पुरानो इतिहास बोकेको पार्टी हो, नेपाली काङ्ग्रेस । यति बेला पार्टीका शीर्ष देखि स्थानीय नेतामा १४औँ महाधिवेशन लागेको छ । धेरै स्थानीय नेताहरू आफुँ कसरी नेतृत्वमा पुगिन्छ भन्दै दिनरात हरेक तवरले कसरत गर्दै आएका छन् । सुनसरीको इटहरीमा पनि महाधिवेशनको चटारो छ । यसैविचमा रहेर दिपखबर डटकमले नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिकाका वर्तमान सचिव प्रकाश बस्नेतसँग कुराकानी गरेका छौँ ।
प्रस्तुत छ, बस्नेतसँग गरिएको कुराकानी:

लामो समय देखि विविध कारणले रोकिएको नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तह सम्म लागेको छ । तपाई नेपाली काङ्ग्रेस इटहरी नगर सचिव हुनुहुन्छ । अब कुन पदको दाबेदारी गर्दै हुनहुन्छ ?

लामो समय पार्टीमा क्रियाशील भएरै म वर्तमान नगर सचिव भएको हुँ । अब स्वभावैले म सभापतिको दाबेदारी हो ।

अहिले ठ्याक्कै भन्दा पार्टी भित्र दुई खेमा प्रस्ट देखिएको छ । अर्को खेमाको त प्रतिस्पर्धा हुने भई हाल्यो तर तपाई भएकै खेमामा पनि आधा दर्जन बढी नेताहरू म सभापति हुन्छु भन्दै लाग्नुभएको छ । यस्तो बेला कसरी तपाई म सभापति हुँ भन्न सक्नु हुन्छ ?

हरेक राम्रो पदका लागि प्रतिस्पर्धा हुन्छ नै, हामी सहमतिको प्रयास गर्छौ । मेरो खेमामा अहिले जो जो नेताहरू सभापतिको दाबेदारमा हुनुहुन्छ, उहाँहरूले पक्कै बुझ्नुहुने छ । सबैको आआफ्नो ठाउँ हुन्छ । उपयुक्त ठाउँ पाउनु नै हुन्छ । त्यसले गर्दा सभापतिको उमेद्धार मै बन्नेमा विश्वस्त छु ।
तपाई सभापति हुनुभयो भने आम इटहरीवासीले केही फरकपन पाउँछन् ?

केही हद सम्म फरक बनाउने प्रयत्न गर्नेछु । यहाँ कहिले काम गर्दै गर्दा सरकारको गतिविधिमा पनि पार्टी चनाखो हुनु पर्ने, सरकारले गरेको गलत क्रियाकलाप रोक्न खोज्दा जनता तथा आम पार्टीमा आस्थावान् कार्यकर्ताको काममा ओझेल त पक्कै पर्ने गर्छन् । धेरै बोल्नु भन्दा गरेर देखाउने छु । जतिसक्दो आम कार्यकर्ता तथा इटहरीवासीलाई अबको नेतृत्वबाट केही नयाँपन दिने तयारीमा लागेको छु ।

अहिले इटहरीका २० वटै वडामा तपाईँको माहौल कस्तो छ ?

जति पनि अहिले पदको दाबेदारी गर्दै हुनुहुन्छ । सबैले पार्टीलाई राम्रो बनाऊँ भनेर धेरै योगदान गर्नु भएको छ । तर कहिले काहीँ कस्तो हुँदो रहेछ भने भूमिकाले गर्दा एउटा मात्रै पद हुने, सबैले दाबी गरिराख्दा भोलि अबिधेशन हुँदा कार्यकर्तालाई पनि को छान्ने भन्ने एक खालको जिम्मेवारी आउँछ । अहिले पार्टीमा आस्थावान् नेता तथा कार्यकर्ताको मैले माया पाएको छु । एक कार्यकाल सचिव भएर काम गर्ने अवसरले पनि म प्रति धेरैले विश्वास गर्नु भएको छ । राजनीतिमा अलिकति इमान पनि हुनुपर्छ । म चाहिँ बोलेको कुरा पुर्‍याउनुपर्छ, र पुग्ने कुरा मात्रै बोल्नुपर्छ भन्ने लाग्छ । त्यही भएर मेरो पक्षमा जनमत आउनेमा म विश्वस्त छु ।

पार्टीबाट सदस्यता लिनै गाह्रो छ । तर जसले लिनुहुन्छ सदस्यता पाएपछि निष्क्रिय भइदिने एक अर्कालाई सहयोग नगर्ने परिपाटी भन्दै आएको छ । यसलाई रोक्न के गर्नु हुन्छ ?

पार्टीमा युवा पङ्क्ति आउँदै गर्दा अग्रज नेताहरूको साथले पार्टी अहिले अघि बढेको छ । १४औँ महाधिवेशन आउँदै गर्दा पुरानो परिपाटी जस्तो तरिकाले बाढेका छैनौँ । पार्टीमा योगदान गरेको, खटेको व्यक्तिको पहिचान गरी सदस्यता वितरण गरेका छौँ । प्रत्येक वडामा अग्रज व्यक्तित्व, अगाडी देखि पार्टीमा खट्नु भएका नयाँ पुराना नेतालाई राखेर नयाँ सदस्यता दिएका छौँ । आगामी दिनमा पनि जो क्रियाशील सदस्य पाउने व्यक्ति क्रियाशीलबाट वञ्चित हुनु पर्ने छैन ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अधिवेशनको चटारो छ । ययबेला नेता कार्यकर्ता उत्साहित भएर लाग्ने समय हो । सके सम्म सहमतिबाटै निकास खोजौँ । यसका लागि पार्टी एक ढिक्का भएर लाग्न आम नेता तथा कार्यकर्ता माझ अनुरोध गर्दछु ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP