मोरङको मिक्लाजुङ गाउँपालिका ६ थामीझोडामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। गयराती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्कने क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किचेर उनी गम्भीर घाइते भएका थिए । बोहोरालाई उपचारको लागी लैजादै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP