ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दिप खबर
चैत्र १७, २०७७

ताप्लेजुङ ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सहचालक लमजुङ दोर्दी–६ किर्तीगाउँका १८ वर्षीय कृष्ण विकको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित थुम्बेदिन–डुम्रिसे सडक खण्डमा बालुवा बोकेको टिपर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

दुर्घटनामा चालक सिन्धुली कमलमाई–४ का २४ वर्षीय यामकुमार विक र ताप्लेजुङ पाथीभरा याङबरक–२ थेचम्बुका २० वर्षीय मन्दीप लिम्बु घाइते छन्।

घाइते दुबै जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP