विराटनगर: मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहोन्द्रा खोलानजिक बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मृत भेटिएका अन्दाजी ५५ वर्षीय पुरुष हु्न् । उनको पहिचान खुल्न सकेको छैन ।
पिपलको रुख मुनी म्याट ओछ्याएर झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
बाटो हिँड्ने बटुवाले पिपलको रुखमुनि शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार मृतक केही समय अघिदेखि बेलबारी क्षेत्रमा मागी खाएर हिँड्थे। प्रहरीले बिरामी परेर वा शारीरिक रुपमा कमजोर भएका कारण सुतेकै ठाउँमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ।
प्रहरीले घटनास्थलबाट उठाउँदै शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान लगेको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP