प्रदेश १ को प्रदेशसभा बैठक सोमबार २ बजे डाकियो

दिप खबर
चैत्र १५, २०७७

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार २ बजे आह्वान गरिएको छ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना निकाली २३ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको छ ।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो।

अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

तत्कालीन नेकपा भित्रको प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

फागुन २३ को सर्वोच्च अदालतको निर्णयले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राईलाई सहज भएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP