काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी

दिप खबर
चैत्र १५, २०७७

बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंवासीको धारामा खस्न थालेको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो ।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए ।

‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’

अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनले बताए ।
आयोजनाले आज र भोलि ४ करोड लिटर पानी ल्याएर बाढदैँछ । १७ गते साँढे ६ करोड लिटर, १८ र १९ गतेसाँढे ८ करोड लिटर पानी धारामा पठाइदैछ । एक हप्ता सम्म साँढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ ।

त्यसपछिको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउँने आयोजनाका प्रमुख श्रेष्ठ बताउँछन् ।

मेलम्चीको पानी वितरण गर्ने जिम्मा काठमाडौ‌‌‌ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाएको थियो । केयुकेएलले नयाँ पाइपलाइन विस्तार नभएको क्षेत्रमा भने पुरानै प्रणालीबाट पानी पठाएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP