मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय दुवागढी झापा , बालग्राम सुनसरी र कदमाहा सप्तरी अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो।
सो अनुगमन कार्यालय दुवागढी अन्तर्गत ४ जिल्लाका ७ शाखा कार्यालय , बालग्राम अन्तर्गत ३ जिल्लाका १० शाखा कार्यालय र कदमाहा अन्तर्गत ३ जिल्लाका ९ शाखा कार्यालयका ६८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
मोरङमा भएको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताए। साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान हुने बताएका थिए ।
तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।
यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले उक्त तालिमबाट काम गर्ने हौसला मिल्नुका साथै ब्यवहारिक र निकै लाभदायक भएको उल्लेख गरेका थिए ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६० जिल्लामा १३० शाखा कार्यालय मार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP