इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाले गरेको मासिक शुल्क सम्बन्धी निर्णयप्रति विद्यार्थीले विरोध गरेका छन् । नगर शिक्षा समितिको निर्णयमा २ महिनाको मात्रै मासिक शुल्क छुट गर्ने निर्णयप्रति विद्यार्थीहरुले विरोध गरेका हुन् ।
नगर शिक्षा समितिले इटहरी ४ का वडा अध्यक्ष चन्द्र भट्टराईको संयोजकत्वमा ८ सदस्य समस्या समाधान कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा २ महिनाको मासिक शुल्क छुट दिने, भौतिक कक्षा सञ्चालन हुन पूर्व यातायात शुल्क बापतको सम्पूर्ण रकम फिर्ता गर्ने ।
संस्थागत विद्यालयका कर्मचारीहरू माथि भएको साङ्गघेतिक आक्रमण, कुटपिट तथा विद्यालय तोडफोड जस्ता कार्य आगामी दिनमा हुन नदिने लगायतका ७ वटा निर्णय आज (शुक्रबार) नगर शिक्षाले विद्यार्थीहरुलार्य जानकारी दिएको थियो ।
उक्त निर्णयप्रति विरोध गर्दै आइतबारबाट इटहरीका ४ निजी कलेज सुषमा गोदावरी, कस्तुरी, विश्वआर्दश र कोशी कलेजका विद्यार्थीहरूले पुनः आन्दोलन सुरु गर्ने एक विद्याथीले जानकारी दिए ।
उनीहरूले ६ महिनासम्मको छुट दिनुपर्ने यदि ३ महिना सम्मको छुटको माग ख्दै आएका छन् । ३ महिनाको मासिक शुल्क छुट नदिए आन्दोलन अझ अघि बढाउने विद्यार्थीले चेतावनी समेत दिएका छन् ।
यता उमहानगरको निर्णयप्रति नेकपा एमाले समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुनसरी जिल्लाले पनि विमति राखेका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन रेग्मी र अनेरास्ववियु (क्रान्तिकारी) कार्यबाहक जिल्ला अध्यक्ष अर्जुन पौडेलले २ महिनाको छुट दिने निर्णयमा आफ्नो संगठनको विरोध रहेको बताए । आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीको आन्दोलनलाई साङ्गघेतिक आक्रमण भएको विषयमा पनि दुवै संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
त्यस्तै विद्यार्थीको मागलाई सम्बोधन गर्ने नाममा निजि कलेज संचालकलाई फाइदा पुग्ने गरी निर्णय गर्ने कार्यदलका संयोजक चन्द्र भट्टराईलाई नगर शिक्षा समिति सदस्य पदबाट तत्काल राजिनामा गर्न समेत दुवै आग्रह गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP