भोजपुरमा आगलागीबाट ४ घर जलेर नष्ट

दिप खबर
चैत्र १३, २०७७


सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।

बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला( मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।

सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । रासस

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP