महाधिवेशनमा कोइराला परिवार एक ठाउँमा हुन्छ :महामन्त्री कोइराला

दिप खबर
चैत्र १२, २०७७

नेपाली काग्रेंसको आउँदो महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा हुने पार्टीका महामन्त्री डाक्टर शशाङ्क कोइलाले बताएका छन् । बिहीबार इटहरीमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ को आयोजनामा ११औँ स्मृतिमा आयोजित अन्तरपालिका फुटबल, निःशूल्क स्वास्थ्य शिविर तथा फोटो प्रर्दशनिमा बोल्दै उनले अबको अध्यक्षमा डाक्टर शेखर, सुजता वा आफुँ मध्ये एक जना उठ्ने बताएका हुन् ।

उनले पार्टीमा तथा देशमा गिरिजा प्रसाद कोइरालाले गरेको योगदानको उच्च सम्मान गर्दै पार्टीलाई सही दिशामा लग्नुपर्नेमा जोड थियो ।
फाउण्डेशनकी अध्यक्ष तथा पार्टीकी केन्द्रीय सदस्य सुजता कोइरालाले गिरिजा प्रसाद काईरालाले द्वन्द्व र हिंसामा फसेका पार्टीलाई देशको मूलधारमा ल्याउन खेलेको भूमिकाको सदैव कदर गर्नु पर्ने बताइन् ।

उनले फाउण्डेशनको मुख्य आयोजनामा इन्स्टिच्युट, रिसर्च सेन्टर खोल्ने योजना रहेको बत्ताइन् । फाउण्डेशनले खेलकुद र संस्कृतिलाई महत्त्वपूर्ण दिएको बताउँदै संस्कृतिले गर्दा जनताको बिचमा जान सहज हुने उनको तर्क थियो ।

त्यस्तै नेपाली काग्रेंसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले गिरिजा प्रसाद कोइरालाले माओवादीसगँ १२ बुँदे सहमति गरेकै कारण द्वन्द्वको राजनितिको छोडेर मूलधारमा ल्याउन सफल भएको बताए ।

देश अहिले सङ्कटमा गइरहेको बताउँदै अब देशलाई समृद्धि तिर लैजानका निम्ति नेपाली काँग्रेस अगाडी बढ्न पर्नेमा जोड दिए ।

बिहीबार देखि सुरु भएको फुटबल प्रतियोगिता चैत्र २१ गते सम्म सञ्चालन हुने छ । खेलमा विभिन्न जिल्लाका ८ टिम सहभागी भएको विभागका अध्यक्ष सूर्य राईले बताए । विजेताले दुई लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछन् ।
खेल सुनसरीको इटहरी स्थित इटहरी संङ्गशालामा भइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP