जनता क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुख, उपप्रमुख लगायत ५ विद्यार्थी नेतालाई थुनिदिए

दिप खबर
चैत्र १२, २०७७

समाजबादी विद्यार्थी युनियनका केन्द्रिय विद्यार्थी पदाधिकारी, क्याम्पस प्रमुख, उपप्रमुखलाई इटहरीको जनता क्याम्पसको एक कक्षमा विद्यार्थीहरुले थुनिदिएका छन् ।
क्याम्पसको मासिक शूल्क विरुद्ध क्याम्पस प्रशासन समक्ष छलफल गर्न आइपुगेका ५ विद्यार्थी नेताहरुलाई सोही पार्टीमा आबद्ध विद्यार्थीहरुले थुनिदिएका हुन् ।

सभाहलमा क्याम्पस प्रशासन बीच छलफल भईरहेका बेला जनता समाजबादी पार्टीमा आबद्ध अशोक राई, उपेन्द्र यादव समर्थक विद्यार्थीले सोही पार्टीका डाक्टर बाबुराम भट्टराई समर्थक समाजबादी विद्यार्थी युनियनका उपमहासचिव दिनेश दंगाल, विद्यार्थी नेताहरु भोगेन्द्र यादव, महानन्द यादब, कमल पोखरेल, सुनसरी जिल्ला अध्यक्ष मिथिलेश यादव लगायत क्याम्पस प्रमुख गिता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई ताला लगाएको समाजबादी विद्यार्थी युनियनका विद्यार्थी नेता चन्द्र किराँतीले जानकारी दिए ।

उनले भने “क्याम्पसको मासिक शुल्क बढेकोमा हामीलाई पनि दुख लागेको छ । हामीलाई सोधीखोजी नगरी क्याम्पस प्रशासन सगँ मात्रै किन छलफल गर्नु ?”
यति सानो कुरामा केन्द्रिय नेता बोलाएर क्याम्पसमा हाम्रो हैसियतमाथि प्रश्न खडा भएपछि ताला लगाउन बाध्य भएको किराँतीको भनाई छ ।
ताला २ ः ३० बजे खोलिएको छ । कसरी सहमति गर्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP