विराटनगर: मोरङको सुन्दरहरैँचा नगरपालिका–११ की एक महिलाको पानीमा डुबेर मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–२ स्थित लोहोन्द्रा खोलामा बालुवा निकाल्ने क्रममा लडेर पानीमा परेपछि ४५ वर्षीया शान्ति श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उठ्न नसक्दा लडेर पानीमा परेकी महिलाको मृत्यु भएको पाइएको छ ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । बुधबार दिउँसोतिर घटना भएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP