इलाका प्रहरी कार्यालय इटहरीले पछिल्लो समय ठगीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न सफल बनेको छ । पछिल्लो एक साता यता प्रहरीले ठगी सहित विभिन्न अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले नक्कली सुनको लकेड देखाएर जग्गा कारोबारी हु भन्दै सर्ससाधरणबाट लाखौँ ठगी गर्ने गिरोह देखि स्कुटर चोरीमा संलग्न र बालिकालाई जबरजस्ती करणी गरेको अभियोग सहित ५ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले नक्कली सुन दिएर ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधवार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी नक्कली सुन दिएर ठगी गर्ने दुई जनालाई सार्वजनिक गरेको हो ।
इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा १० बस्ने ४१ वर्षीय जल्लाउदिन मियाँ रहेका छन् ।
उनीहरूले इटहरी वडा नं।८ गैसार बस्ने ३८ वर्षीय यज्ञ विक्रम ठकुरीलाई जग्गा जमिनको कारोबार गर्छौँ तपाईँ पनि लगानी गर्नुहोस् भनेर ठगी गरेका थिए ।
‘गत चैत्र ५ गते एउटा राम्रो जग्गा सस्तोमा आएको छ चार लाख लगानी गर्नुहोस् म आठ लाख लगानी गर्छु भनेर १० ग्राम बराबरको ८ वटा सुनको सिक्का दिएका रहेछन्,’ डीएसपी केसीले भने, ‘सुनको सिक्काहरू घरबाट ल्याएको र मैले ल्याएको सुन तपाई राख्नु म भरे साँझसम्म तपाईँको पैसा फिर्ता गरिदिन्छु भनेर पैसा लगेर फरार भएछन् ।’
उजुरीकै आधारमा प्रहरीले गत ९ गते आलमलाई इटहरीबाट र मियालाई इनरुवाबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मध्ये जलाउद्धिन मिया जग्गा दलालीमा संलग्न रहेको बुझिएको छ भने उनको साथबाट प्रहरीले सुनसरी पोस्ट नाम गरेको अनलाइनको नाममा बनाइएको पत्रकार परिचय पत्र र भिजिटिङ कार्ड बरामद गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले स्कुटर चोरीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैङ्क अगाडीबाट पार्किङ गरी राखिएको को ३७ प ८१०५ को स्कुटर चोरी भएको थियो ।
स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले मोरङ बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र सोही स्थान बसोबास गर्ने वर्ष २७ का अर्विन मगरलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । त्यसै गरी इलाका प्रहरी कार्यालय इटहरीले बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा इटहरी ४ का ४० वर्षीय प्रेम निरौलालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
निरौलाले पहाडी जिल्लाबाट अध्ययनको शिलशिलामा आएकी एक बालिकालाई आफ्नै घरको कोठा भाडामा दिएर विवाहको प्रलोभन देखाइ जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । निरौलाले श्रीमतीसँग सम्बन्ध बिग्रँदै गएको र चाडै तिमिलाई बेहुली बनाउने भन्दै अश्लील भिडियोहरू खिचेर ब्ल्याकमेलिङ गर्दै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निरौला विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकीय अनुसन्धान अघि बढाइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP