नेपाली काँग्रेसका सभापती एवंम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी र एमालेको सँयुक्त सरकार भएको हुँदा यस्तोबेला आफुले चाहेर प्रधानमन्त्री बन्न नसकिने स्पष्ट पारेका छन् । सुनसरीको धरानमा ५६औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यबस्था विषयक प्रदेश स्तरिय अन्तरक्रिया बोल्दै देउवाले, काँग्रेसले सवोच्चको फैसला सुरुदेखि नै मानिरहेको भन्दै माओवादीले सरकारको समर्थन फिर्ता नलिएसम्म आफु सरकारको नेतृत्व गर्नेतर्फ नसोचेको बताएका हुन् ।
उनले काँग्रेसलाई जनताले प्रतिपक्षीमै बस्न आग्रह गरेको भन्दै नयाँ सरकार बन्ने बाटो नखुलेसम्म आफु मरिहत्तै नगर्ने बताए । पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था आएभने आफु खुट्टा नकमाउने समेत उनको भनाई छ ।
सभापती देउवाले उपसभापतीसमेत रहेका काँग्रेस नेता विजयकुमार गच्छदारमाथी अन्याय भएको भन्दै चाँडो न्याय पाउनुपर्ने धारण राखे ।
त्यस्तै उनले प्रहरी र कर्मचारीले जनताले तिरेको करबाट तलब खाएर कम्यूनिष्ट पार्टीको मात्र काम गरेको भन्दै आफ्ना नेता र कार्यकर्तालाई दुख दिने गरेको आरोप लगाए । उनले आक्रोशित हुदैं भने “पुलिसले कम्युनिष्ट नेताको मात्रै हैन जनताको करबाट तलब खाएको छ । कम्युनिष्ट पार्टीमा प्रबेश नगर्ने भए कारबाही गर्छु भन्ने ? यस्तो पनि हुन्छ ? आइन्दा काँग्रेसका नेता कार्यबर्तालाई दुख दिनेलाई छोड्दैनौं,छोड्दैनौं,छोड्दैनौं,।”
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP