युवा संघ इटहरी उपमहानगरले निर्माण गर्याे इटहरी चौकमा जेब्रा क्रसिङ

दिप खबर
चैत्र ९, २०७७

युवा संघ इटहरी उपमहानगर कमिटीले इटहरी चौक जेब्रा क्रसिङ निर्माण गरेको छ ।

इटहरी चोक नजिकै रहेको पश्चिम लाइनमा युवा संघले सोमबार विहान जेब्रा क्रसिङ निर्माण गरेको हो ।

नगर अध्यक्ष कमल दाहालको नेतृत्वमा जेब्रा क्रसिङमा रंगरोगन गरिएको हो । उनका अनुसार फराकिलो सडकबाट बाटो बाट्दा सर्वसाधारणलाई दुर्घटनाको जोखिने हुने भएकाले जेब्रा क्रसिङ निर्माण गरिएको जानकारी दिए ।

यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले सचेत गराउनका लागि जेब्रा क्रसिङमा रंगरोगन लगाइएको दाहालको भनाई छ ।

साथै संघले चौक आसपासमा भएको फोहोर लामो समय सम्म उठन् नसक्दा दुर्गन्ध फैलिएको भन्दै फोहोर समेत उठाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP