इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा सुनसरी जिल्लाभर फागुन महिनाको उत्कृष्ट प्रहरी छनोट भएका छन् । महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार फागुन महिनाको सर्वोत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी खतिवडा महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।
खतिवडाले लागु औषधको बिक्रि वितरण र रोकथामको लागि लागु औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएका, ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगायतका कार्यहरु गरेको भन्दै उत्कृष्टमा छनौट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP