नगर शिक्षा समिति र इटहरीका निजी कलेज सञ्चालकको बैठकले देखिएका समस्याप्रति सकारात्मक छलफल भएको छ । आज बसेको बैठकले हाल सम्म विद्यार्थीलाई दिएको छुटलाईलाई सार्थकता दिँदै अब नयाँ छुट के दिने भन्ने छलफल भएको हो ।
बैठकमा अधिकांश सञ्चालकले विद्यार्थीलाई केही छुटको व्यवस्था गरी कलेज सञ्चालन गर्ने तयारी भइरहेको इटहरी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सूर्य प्रसाद सुवेदीले जानकारी दिए । उनले भने ‘आजको बैठक सकारात्मक तर्फ मोडिएको छ । भएका व्यवस्थालाई साथ दिदैं अब कसरी अघि बढ्ने भन्ने कुरा केही दिनमा टुङ्गोमा लाग्छ । कलेज सञ्चालकहरू सकारात्मक हुनुहुन्छ ।’
उपमहानगर र कलेज सञ्चालकहरू बिचबाट आगामी बुधवार सम्ममा उचित निष्कर्षमा पुग्ने श्रोतको भनाई छ ।
इटहरीका निजी कलेजहरू विश्वआर्दश, कस्तुरी, कोशी र सुषमा गोदावरीले लकडाउनको शुल्क विद्यार्थीबाट लिन थालेपछि विद्यार्थी १५ दिन यता आन्दोलनरत रहेका छन् । उनीहरूले ४ कलेजमा अनिश्चितकाका लागि ताला समेत लगाएका छन् । आन्दोलनका क्रममा विश्व आदर्श कलेजको गेट, लाईब्ररी भवनका झ्यालका सिसा फुटाएका थिए । सोही कलेजका सुरक्षा गार्डमाथि समेत हातपात गरेका थिए । उनको अहिले विराटनगरमा रहेको विराट मेडिकल अस्पतालमा उपचार भइरहेको छ । यता कलेजमा अध्यायपन गराउँदै आएका शिक्षकले सुरक्षाको जिम्मा नलिएसम्म अध्ययन नगराउने प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । साथै हिसान सुनसरीले पनि प्रेस विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागि कलेज बन्द गराएको बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP