नागरिक समाज इटहरीले इटहरीको निजी तथा सामुदायिक कलेजहरुको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
इटहरीमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर सुरु गरेको आन्दोलनले उग्ररुप लिएको घटनाप्रति नागरिक समाज इटहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाजले एक विज्ञप्ती जारी गर्दै इटहरीका निजी कलेजहरुले लकडाउनको समयमा पठनपाठनसमेत नभएको अवधीको शुल्क विद्यार्थीहरुबाट असुल्न खोजेको भन्दै विद्यार्थी, अभिभावक तथा विभिन्न राजनैतिक दल निकट विद्यार्थी तथा युवा संगठनसमेतको सहभागितामा भइरहेको प्रदर्शन र आन्दोलनको घटना प्रति नागरिक समाज गम्भीर बनेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
साथै इटहरीमा सामुदायिक क्याम्पसको रुपमा रहेको जनता बहुमुखी क्याम्पसमा पनी शुल्कको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनरत भएको विषयप्रति पनि अत्यन्तै गम्भिर भएको पनी विज्ञप्तीमा उल्लेख छ ।
इटहरीका निजी कलेजहरु विरुद्धको आन्दोलनले निरन्तर उग्ररुप लिइरहदा समस्या समाधान हुने तर्फ कुनै नतिजा प्राप्त गर्न नसक्नु दुखको कुरा भएको र विद्यार्थीहरुले सारेको मागको सम्बन्धमा छलफल गरेर निकर्षमा पुग्न आवश्यक रहेको नागरिक समाज इटहरीका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए ।
संवेदनशील विषयमा छलफल गर्न शनिबार बसेको नागरिक समाज इटहरीको कार्यसमितिको आकस्मिक बैठकले समाजका अध्यक्ष डुम्जनको अध्यक्षतामा रहेको कार्यसमितिको पदाधिकारीहरु संमिलित टोलीले समस्या समाधानका लागि सरोकारवाला पक्ष र निकाय समक्ष पहल गर्ने निर्णय गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP