इटहरी ,
इटहरीमा शिवसेना जिल्ला युवा संघ सुनसरीले रक्तदान कार्यक्रम शिवसेना युवा संघ का सुनसरी जिल्ला अध्यक्ष बिनम राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
५० पिन्ट रगत संकलन भएको बारे शिवसेना सुनसरी जिल्ला उपाध्यक्ष शम्भु राई अनुसार युवाहरु को भुमिका समाज निर्माणमा महत्वपुर्ण हुने गर्दछ र सामाजिक कार्यमा लाग्न यस्ता कार्यक्रमले युवाहरुमा सामाजिक जिम्मेवारी बढने भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गरे । साथै राईले सहयोगी मन र रक्तदान गरी जीवन बचाउने ति मन र व्यक्ति प्रति कृत्यज्ञ समेत ब्यक्त गरे ।
इटहरी पुर्व लाइन सम्पन्न भएको रक्तदान कार्यक्रममा युवा तथा इटहरीका सरोकारवला व्यक्तिको राम्रो उपस्थिति थियो ।
कार्यक्रममा नेपाल रेडक्रस इटहरी उप-शाखाका सभापती बिमल पौडेल पौडेल, शिवसेना नेपालका केन्द्रीय सदस्य सुरज कडेल, कुमार घिमिरे सुनसरी जिल्ला अध्यक्ष हिरा आर्चय सहितको उपस्थीती रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP