सुनसरीको इटहरीमा निजि कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् ।
निजी कलेजले कोरोना अवधिको पनि शुल्क असुल्न थालेपछि आन्दोलित बनेका विद्यार्थीहरुले इटहरीको चोकको चारै दिशाको सडक ठप्प बनाएका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको धरान विराटनगर सडक खण्डमा सांलो बनाएर यातायात अवरुद्ध बनाएका छन् । विद्यार्थीहरुले गर्दा लामो दुरीका सवारी मात्र होइन, दुई चक्के सवारीलाई पनि जान दिएका छैनन् । त्यस्तै उनीहरुले इटहरी उपमहानगरको गेटमा पनि चर्काे नारा जुरुस सहित धर्ना दिईरहेका छन् ।
त्यसअघि, विद्यार्थीहरुले कलेजहरुबाट एकजुट हुदै र्याली निकालेका थिए । इटहरीमा रहेका कोशी कलेज, कस्तुरी, बिश्व आदर्श, सुष्मा कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लकडाउनको पुरै मासिक शुल्क मिनाहाको माग गर्दै आएका छन् । अहिले इटहरी उपमहानगर भित्र मेयर, शिक्षा महााखा प्रमुख, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि र आन्दोलनरत विद्यार्थीका विच बैठक जारी रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP