लायन्स इटहरी एक्टीभको स्वास्थ्य शिविरमा एक हजार बढीले लिए निशल्क सेवा

दिप खबर
चैत्र ५, २०७७


इटहरी । लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको आयोजनामा इटहरी १४ नरभाषामा गरिएको स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् ।

नोबेल अस्पताल विराटनगरका डाक्टर तथा प्राबिधिकहरुको सहयोगमा गरिएको शिविरमा दर्जनभन्दा बढी रोगको परिक्षणका साथै औषधी वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नं. १ सांसद लिलम बस्नेतले शिविरबाट निम्नवर्गीय किसान तथा मजदुरहरुको परिवार लाभान्वित भएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । उनले प्रदेश सरकारसमेत जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।

कार्यक्रमका संयोजक डा. खगेन्द्र ओलीले शिविरले रोगहरुको पहिचान तथा उपचार गर्नुका साथै जनचेतनासमेत जगाउने काम गरेको बताए ।

लायन्स क्लबले निम्न वर्गीय व्यक्ति तथा परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा सहयोग गरिरहेको लायन्स क्लब अफ इटहरी एक्टीभकी अध्यक्ष रञ्जु सिक्देलले जानकारी दिइन् । उनले आगामी दिनमा पनि आवश्यकताको आधारमा विभिन्न समुदाय, क्षेत्रलाई आफ्नो क्लबले सहयोग गर्ने बताइन् ।
आफ्नै गाउँमा स्वास्थ्य सेवा पाएपछि स्थानीय हर्षित भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP