इटहरी उपमहानगरले फालेको फोहोरका कारण चरम सास्ती खेप्नु परेको भन्दै स्थानीयले फोहोर सङ्कलन गर्ने वेष्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालीको कार्यालय र इटहरी उपमहानगरपालिकाको वातावरण शाखामा तालाबन्दी गरेका छन् । इटहरीको वडा नम्बर १९ भवानीपुरका स्थानीयले सेउती खोला छेउमा फालेको फोहोर आगो लगाउँदा धुवाँले बस्ती नै जोखिममा परेको भन्दै तालाबन्दी गरेका हुन् ।
गाउँमा बिहान र रातको समयमा प्लास्टिक जन्य तथा बिजुलीका तारबाट तामा निकाल्नलागि फोहोरको डङ्गुरमा अदृश्य रूपमा आगो लगाउँदा राती सुत्न सक्ने अवस्था रहेकाले तालाबन्दी गर्न बाध्य भएको स्थानीय गायत्री पुरीले बताए । उक्त धुवाँका कारण कहिले श्वास फेर्न समस्या हुने, बान्ता हुने गरेको स्थानीय बताउँछन् । केही दिन यता दिनहुँ धुवाको आउँदा बालबालिका र बृद्धावृद्ध बढी समस्यामा परेकाले केही परको खाली ठाउँमा समेत राख्ने गरेका छन् ।
बर्षौ देखिको समस्यामा गाउँहरूले पटक पटक उपमहानगरलाई भन्दा पनि बेवास्ता गरेका कारण तालाबन्दी गर्नु परेको अर्का स्थानीय कृष्ण चौलागाईले बताए ।
यता इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले स्थानीयले उठाएको आवाजलाई तत्काल कार्यान्वयन गर्ने बताए । उनले आगो लगाउने कार्यलाई थप कडाई गर्दै आगो लागे तत्काल डोजर, दमकलको ब्यबस्था गरिने बताए । ओगो लगाउने ब्यक्ति खोजी गरी कारबाहिको दायरामा ल्याउने समेत उनको भनाई छ ।
स्थानीयले छलफलबाट समस्या समाधान गर्नुको सट्टा ताला लगाउनु आपत्तिको विषय भएको उनको भनाई थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा ताला फोडेर कार्यलयकाको कार्य सञ्चालन अघि बढाइएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको वेष्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालीले यही चैत्र महिनामा इटहरी १० मा बन्दै गरेको डम्पिङ साइड निर्माणको काम सक्ने बताएको भन्दै वैशाखबाट स्थानीयको समस्या समाधान हुने बताए ।
इटहरी उपमहानगरबाट दैनिक करिब ५० टन भन्दा माथि सड्ने नसड्ने सम्पूर्ण फोहोर धरान र तरहराको बिचमा पर्ने चारकोशे झाडीको सेउती खोलामा फालिँदै आएको छ । उपमहानगरको चरम बेवास्ताले इटहरीका १७,१८, १९ वडाका स्थानीय आजित बनेका छन् । स्थानीय मात्रै हैन । सो जङ्गलमा फोहोर फाल्नु अघि बाघ भालु, तथा जङ्गली जनावर बाक्लो रूपमा बस्ने गर्थे । इटहरी र धरानले फोहोरको डङ्गुर ने लगाएपछि फोहोर बाट आएको ग्याँसका कारण अहिले जङ्गली जनावर समेत लोप भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP