प्रतिबन्धित औषधी सहित धरानमा एक दम्पती पक्राउ

प्रतिबन्धित औषधी सहित धरानमा एक दम्पती पक्राउ

सुनसरीको धरानमा प्रतिबन्धित औषधी सहित एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति धरान १० धर्मपथ लाइनमा ३३ वर्षीय मुन्ना खान र उनकै श्रीमती ३० वर्षीय आसमा खातुनलाई इलाका प्रहरीले पक्राउ गरेको हो ।

रातको समयमा प्र १-०-२-०४४ प ६३८० नम्बरको एफजेट मोटर साइकलमा हिड्दै गरेको अवस्थामा शङ्कालागि प्रहरीले चेक गरेको थियो । उनीहरुले बोकेको झोलामा प्रतिबन्धित औषधी स्पामो प्रोक्सिभान प्लस ५ सय ८६ क्याप्सुल फेला परेको थियो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका दम्पतीलाई बुधबार बरामद औषधी सहित आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।