विराटनगरमा सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते

दिप खबर
चैत्र ४, २०७७

विराटनगरको महेन्द्रचौकमा सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् ।

विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउँदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५ – ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो ।

घाईते महिलाकोे न्यूरो अस्पताललमा उपचार भईरहेको छ । गम्भिर घाईते भएका कारण उनको अहिले सम्म पहिचान नखुलेकोले उपचारमा समस्या भईरहेको छ ।

बाँकी परिचय खुल्ने अन्य आधार समेत साथमा फेला नपरेका कारण प्रहरी आफन्तको खोजीमा लागेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP