हिसान सुनसरीले गैरजिम्मेवारी पुर्वक जवाफ दिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरीले आपत्ति जनाएको छ । विद्यार्थीहरुको माग सम्बोधन गर्नुको सट्टा उल्टै उत्तेजित अभिब्यक्ति दिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियुले एक विज्ञप्ती जारी गर्दै हिसानले आफ्ना अभिब्यक्ति र्फिता नलिए कडा आन्दोलनमा उत्रिने समेत जनाएको छ । जिल्ला अध्यक्ष रोशन रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनले देश आक्रान्त भएको अबस्थामा चैत्र १ गते हिसान सुनसरीले प्रकाशित गरेको विज्ञप्तीले तमाम विद्यार्थीको हकहित र अधिकार संरक्षणको लागि अहोरात्र संर्घष गर्ने विद्यार्थी आन्दोलनप्रति प्रहार गरेको शब्द प्रति हामी सम्पुर्ण विद्यार्थी संघठनको घोर आपत्ती रहेको हुँदा हिसान सुनसरीले आफ्नो गल्ती, कमिकमजोरको आत्मआलोचना गरी विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता जनाई दिनु हुन अनुरोध गर्दछौं ।’ साथै विद्यार्थीका मागलाई तत्काल पुरा गर्न समेत अनेरास्ववियुले आग्रह गरेको छ । यदि बेवास्ता गरे कडा आन्दोलनमा निस्कने अनेरास्ववियु जिल्ला अध्यक्ष रोशन रेग्मीले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP