पत्रकार महासंघ सुनसरीद्धारा चारजना पत्रकार नगद सहित सम्मानित

दिप खबर
चैत्र २, २०७७


इटहरी: नेपाल पत्रकार महासंघ सुनसरीले जिल्लाका चारजना पत्रकारलाई सम्मान गरेको छ ।

सोमबार इटहरीमा महासंघ सुनसरीले एक कार्यक्रमको आयोजना गरी जिल्लाका चारजना पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार सम्मानित हुनेमा अग्रज पत्रकार सुविद गुरागाई, गोपाल देवान, चेतन धमला र रश्मी प्रधान रहेका छन् ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थापना गरेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट पत्रकार सुविद गुरागाई र चेतन धमलालाई नगद पच्चीस हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यस्तै, अग्रज पत्रकार सालिग्राम पान्डे र मेनुका पान्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पान्डेको नाममा स्थापना गरेको चन्द्रलक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यस्तै, पत्रकार महासंघ सुनसरीकी कार्यालय सहयोगी रश्मी प्रधानलाई महासंघको कर्मचारी भएर काम गरेबापत प्रोत्साहन स्वरुप नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झा, महासंघ सुनसरी अध्यक्ष अमर खड्का लगायतले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP