नेपाल कम्युनिष्ट पार्टी एमाले इटहरी उपमहानगरपालिकाको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार इटहरीमा एक कार्यक्रमको आयोजना गरी नवगठित २ सय ४२ सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन् ।
इटहरी नगर कमिटीको अध्यक्षमा यामकुमार सुब्बा, उपाध्यक्षमा चूडामणि भट्टराई, सचिव दुखीलाल चौधरी र सहसचिवमा मदन कार्की रहेका छन् ।
त्यस्तै कमिटीले इटहरीका २० ओटै वडा कमिटी अध्यक्ष, इन्चार्ज र सह इन्चार्ज समेत तोकेको छ । इटहरी वडा नम्बर १ को अध्यक्षमा दल बहादुर मगर, इन्चार्जमा विजय राई, सह इन्चार्ज भने ताकिएको छैन ।
इटहरी वडा नम्बर २ को वडा अध्यक्षमा लोचन पौडेल, इन्चार्जमा केपी शर्मा र सह इन्चार्जमा हर्क मगर रहेका छन् । यस्तै इटहरी वडा नम्बर ३ को अध्यक्षमा विनोद न्यौपाने, इन्चार्जमा उमेश सुबेदी, सह इन्चार्जमा मनोज राय, इटहरी वडा नम्बर ४ को अध्यक्षमा सुनिल कार्की, इन्चार्जमा जित बहादुर पौडेल, सह इन्चार्जमा विश्वेश्वर पोख्रेल, इटहरी वडा नम्बर ५ को अध्यक्षमा भीष्म घिमिरे, इन्चार्जमा टोम तिम्सिना, सह इन्चार्जमा गोपाल गिरीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै वडा नम्बर ६ को एमाले पार्टी अध्यक्षमा दधिराम चौहान, इन्चार्जमा राजेन्द्र केशरी घिमिरे, सह इन्चार्जमा भद्रा थापा मगर, इटहरी वडा नम्बर ७ को अध्यक्षमा कमल चौधरी, इन्चार्जमा नेत्र गुरागाईँ र सह इन्चार्जमा जिरा चौधरी यस्तै इटहरी वडा नम्बर ८ को अध्यक्षमा देवेन्द्र प्याकुरेल, इन्चार्जमा केदारनाथ बास्तोला र सह इन्चार्जमा गुणराज जमरकट्टेल वडा नम्बर ९ को पार्टी अध्यक्ष कल्पना घिमिरे, इन्चार्जमा राजेन्द्र कट्टेल र सह इन्चार्जमा सञ्जु प्रधान रहेका छन् ।
त्यस्तै वडा नम्बर १० को अध्यक्षमा चित्र पोखरेल, इन्चार्ज अबधेश चौधरी र सह इन्चार्जमा सञ्जय चौधरी, वडा नम्बर ११ अध्यक्ष केशव कोइराला, इन्चार्ज शुकदेव राई र सह इन्चार्जमा लीलादेवी चौधरी, इटहरी वडा नम्बर १२ को अध्यक्षमा कमल बहादुर कार्की, इन्चार्ज शान्ता चौधरी, सह इन्चार्ज संजित शाह, यस्तै १३ नम्बर वडा अध्यक्ष नरेन बस्नेत, इन्चार्ज तोया ढकाल र सह इन्चार्ज अयुव हुसेन चयन भएका छन् ।
इटहरी वडा नम्बर १४ को अध्यक्षमा भूमिनारायण चौधरी, इन्चार्ज ।शङ्कर पासवान र सह इन्चार्ज रामचरण चौधरीलाई जिम्मेवारी दिइएको छ । १५ नम्बर वडा अध्यक्षमा लालु चौधरी, इन्चार्ज शिवनारायण चौधरी र सह इन्चार्ज असिराम चौधरी, १६ नम्बर वडा अध्यक्ष तेज नारायण चौधरी, इन्चार्ज महेश कुमार चौधरी र सह इन्चार्ज तुफान आले मगर यस्तै १७ नम्बर वडा अध्यक्ष पदम सन्जेल, इन्चार्जमा गणेश सापकोटा र सह इन्चार्ज मो। इस्लाम मिया रहेका छन् ।
१८ नम्बर वडा अध्यक्षको जिम्मेवारी भूपाल थापालाई दिइएको छ भने इन्चार्ज विन्देश्वर ठाकुर र ुहइन्चार्जमा जनार्दन पाण्डे, इटहरी वडा नम्बर १९को अध्यक्षमा यमकला राई, इन्चार्ज सन्दीप काफ्ले, सह इन्चार्ज क्षेदिलाल चौधरी र २० नम्बर वडा अध्यक्षमा रत्न प्रसाद खतिवडा, इन्चार्जमा भिमा राई र सह इन्चार्जमा शान्ति बहादुर घिमिरेलाई जिम्मेवारी दिने निर्णय भएको अध्यक्ष सुब्बाले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP