प्रत्येक वर्ष हुदैं आएको बुढासुब्बा गोल्डकप यसपटक नहुने भएको छ । बिगत २२ बर्षदेखी निरन्तर हुदै आएको गोल्डकप आर्थिक सहयोग जुट्न नसक्ने भएपछि यसपालि नहुने भएको हो ।
आयोजक धरान फुटबल क्लबले २३ औं सँस्करण आयोजना गर्न नसक्ने भएको जानकारी दिएको हो । २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो ।
प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउदै आएको अवस्थामा यसपाली त्यो अवस्था नरहेको क्लबले जनाएको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP