भोजपुरमा आगलागीबाट एक घर जलेर नष्ट, ४० लाख बराबरको क्षति

दिप खबर
फाल्गुन २८, २०७७


भोजपुर: भोजपुरमा आगलागीबाट एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको अरुण गाउँपालिका–२, चम्पेको सिस्नेरीस्थित चुडामणि खनालको घर जल्दा पूर्णरुपमा नष्ट भएको हो ।

शुक्रबार बिहान घरमा कोही नभएको समयमा आगलागी भएको बताइएको छ । आगालागीमा परि घरभित्र रहेको लत्ताकपडा, काठपात लगायत ४० लाख बराबरको मालसामान जलेर नष्ट भएको छ ।

केही समयदेखि खाली रहेको उक्त घरमा बिहान एक्कासी आगालागी भएको थियो । चारैतिर बन्द उक्त घरभित्र कसरी आगलागी भयो भन्ने यकिन भएको छैन।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आगोलागीबारे अनुसन्धान भइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP