इटहरी सुनसरीको धरान सडक खण्ड अन्तर्गत तीनकुनेमा भएको दुर्घटनामा इटहरीका एकजनाको मृत्यु भएको छ ।
बिहीबार राती भएको दुर्घटनामा इटहरी २ आँपगाछी घर भएका अन्दाजी ७० वर्षीय डिल्लीराम दाहालको मृत्यु भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तत्काल पहिचान नखुलेको सवारी साधनको ठक्करबाट दाहालको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
सवारी साधनको ठक्करबाट सडकमा लडिरहेको फेला पारेर दाहाललाई प्रहरीले उद्धार गर्दै राति १० बजेतिर उपचारका लागि प्रतिष्ठान लगेको थियो । उद्धार गर्दा नाक र दाहिने हातबाट रगत बगिरहेको थियो । प्रहरीले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP