नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन्
मोरङको पथरीशनिश्चरे –१० जिरिखिम्तीका १९ वर्षीय सन्दिप भण्डारी पथरीशनिश्चरे –२ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृतक अवस्थामा भेटिएका थिए । उक्त घटनामा संलग्न भएको भन्दै भण्डारीका परिवारले बाँस्कोटाविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
मृतकका परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा नेता बाँस्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी परेको थियो ।
किटानी जाहेरी परेपछि प्रहरीले मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका नेता बाँस्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले ल्याएको छ । घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न परिवारले माग राख्दैका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP