सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ इटहरी नगर कमिटिले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरी नेकपा एमाले लेखिएको बोर्ड राखेको छ ।
इटहरीस्थित हटीया लाइनमा नेकपाको बोर्ड हटाइ पुनःएमालेकै राखिएको हो । यस अघि सोहि स्थानमा नेकपाको बोर्ड राखिएको थीयो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समर्थक एमालेका कार्यकर्ताहरू भेला भएर पार्टि कार्यालयको बोर्ड परिवर्तन गरेका हुन् ।
युवा संघ नगर कमिटि अध्यक्ष कमल दाहालले एक विज्ञप्ती जारी गर्दै आजबाट सम्पुर्ण कार्यालयको जिम्मेवारी राष्ट्रिय युवा संघले लिएको जानकारी दिए । साथै वडा नम्बर ६ को वडा कार्यालय पनि आजैबाट सञ्चालनमा आएको विज्ञप्तीद्धारा जानकारी गराइएको छ ।
अदालतले नेकपा खारेज गरेसंगै केपि ओली सर्मथकहरू खुशि देखिएका छन । इटहरीमा पार्टीको बोर्ड परिवर्तन भएसंगै अब जिल्लाका स्थानीय तहमा रहेका पार्टी कार्यालयहरूको पनि बोर्ड परिवर्तन गरिने एमालेका नेताहरूले जनाएका छन । यसेबिच मोरङको विराटनगर ११ पाञ्चालीमा पनि नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।उनिहरूले सो स्थानमा बोर्ड मात्र नभइ प्रधानमन्त्री ओलीको प्रतिमा समेत बनाएर राखेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP