नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ इटहरी उपमहानगरले पूर्णता पाएको छ । शनिवार इटहरीमा भएको शपथ ग्रहण तथा नगर घोषणा कार्यक्रममा २ सय १३ सदस्य रहने गरी कमिटी चयन गरिएको हो । कमल जङ दाहाल अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्षमा सञ्जित शाह, सचिव सुमन कटुवाल र कोषाध्यक्ष अजय कुमार रहेका छन् । त्यस्तै भेलाले दुर्गा गौतम, चम्पा माया विक, भुपाल सन्जेल र विमल श्रेष्ठलाई कार्यालय सदस्यको जिम्मेवारी दिएको छ । त्यस्तै महिला विभाग प्रमुखमा जिनिट राईलाई जिम्मेवारी दिएको अध्यक्ष कमल जङ दाहालले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद सर्वध्वज सावाँ, नेकपा सुनसरी जिल्ला पार्टी अध्यक्ष रेवती रमण भण्डारी, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सचिव देवानन्द मेहता, केन्द्रीय सदस्य होमनाथ धमला, युवा सङ्घ जिल्ला अध्यक्ष अरुण गुरुङले कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।
नेकपा केन्द्र देखि प्रदेश, स्थानीय तह सम्म नै फुटको अवस्था देखिएपछि नेकपा ओली समूहले पार्टी लगायत भातृ सङ्गठन बिस्तारलाई तीव्रता दिएको छ । राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटीले केही समय अगाडी नै सबै पदाधिकारी तथा सदस्यको जिम्मेवारी तोकिसकेको छ भने जिल्लाका १२ स्थानीय तहमा पनि संयोजक र सहसंयोजकको जिम्मेवारी तोकी सकेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP