नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसद उपस्थित भएको दाबी

दिप खबर
फाल्गुन २२, २०७७


केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठक आज बसेको छ। शनिबार दिउँसो संसदीय दलका नेता ओली र उपनेता सुवास नेम्वाङको उपस्थितिमा बैठक बसेको हो।

ओली पक्षले संसदीय दलको बैठकमा राष्ट्रियसभाका २४ जना र प्रतिनिधिसभाका ९१ जनासहित ११५ जना उपस्थित भएको दाबी गरेको छ। राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक खिमलाल भट्टराईले आजको बैठकमा उत्साहजनक सहभागिता देखिएको बताए।

संसदीय दलको बैठकमा संख्यात्मक उपस्थिति असाध्य उत्साहप्रद रहेको छु, उनले भने, राष्ट्रियसभाका २४ जना र प्रतिनिधिसभाका ९१ जनासहित ११५ जना बैठकमा सहभागी हुनुहुन्थ्यो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP