अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा इटहरी विजयी

दिप खबर
फाल्गुन २२, २०७७


इटहरी सुनसरीमा भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा इटहरी उपमहानगरपालिकाले जितेको छ ।

इटहरी उपमहानगर र दुहवी नगरपालिका विच भएको फाइनल खेलमा ३-१ सेटको अन्तरले इटहरी उपमहानगर विजयी भएको हो ।रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो ।

विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP