उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल रहेका छन्।
दुबैलाई प्रहरीले भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए।
बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरिसकेको छ।
यसैबीच, ईलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
प्रवीण प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै पोखरेलको विरोध भएको थियो। प्रहरी निरीक्षक पोखरेललाई बयानका लागि जिल्लामा बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP