इटहरी जेसीजको आयोजनामा आज इटहरीमा हिपहप फेस्टिभल हुँदै छ ।
एक दशक पहिले नेपालमा र्याप ब्याटल हुने गरेको थियो तर यम बुद्धको निधनपछि हिपहप सुस्ताउँदै गएको छ । यसैकारण इटहरी जेसीजले नेपालमै पहिलो पटक हिपहप फेस्टिभल आयोजना गर्ने भएको हो ।
देशभरबाट थुप्रै र्यापरहरूलाई समेटेर सो कार्यक्रम इटहरीस्थित इम्पेरियल लाउन्जमा गरिने आयोजक बताउँछन् । कार्यक्रममा युनिक पोइट मुख्य आकर्षणका रुपमा उपस्थित हुने छन् ।
पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गइरहेको हिपहप शब्दलाई सभ्य र सुसंस्कृत रुपमा अघि बढाउन फेस्टिभल आयोजना गरिएको इटहरी जेसीजका अध्यक्ष प्रकाश राई बताउँछन् ।
अध्यक्ष राईका अनुसार दिउँसो र्याप ब्याटल गरिने छ भने साँझ हिपहप फेस्टिभलमा बाँकी कार्यक्रम सम्पन्न गरिने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP