प्रशासनले विना कारण मासिक शुल्क बढाएको भन्दै अनेरास्ववियू जनता क्याम्पस कमिटीको आपत्ति

दिप खबर
फाल्गुन २०, २०७७


सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसले विद्यार्थीलाई आर्थिक भार पर्ने गरी मासिक शुल्क उठाउने निर्णय गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्याम्पस कमिटीले आपत्ति जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले विद्यार्थीको भावना विपरीत चर्को रकम असुल्न लागेको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको हो ।

क्याम्पस कमिटी संयोजक उज्ज्वल सिग्देल र सहसंयोजक दीपक गड्तौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ विद्यार्थीको ढाड सेक्ने गरी शुल्क वृद्धि गर्ने निर्णय किन? क्याम्पसले शुल्क बढाउनु पर्ने आधारहरू के के हुन् ? पुरानो शुल्कले के के काम गर्न अपुग भयो ? क्याम्पसको हालको अवस्था के हो? यी सबै विषयको जानकारी नगराई एकोहोरो ढङ्गबाट गर्न लागिएको शुल्क वृद्धि प्रति हाम्रो सङ्गठनको घोर आपत्ति छ । नव आगन्तुक विद्यार्थीहरूलाई तर्साउने गरी बस भाडा समेत बढाएकोमा हाम्रो आपत्ति रहेको छ ।’

साथै यी नयाँ निर्णयलाई तत्काल क्याम्पस प्रशासनले फिर्ता लिई पुरानै मासिक शुल्क र बस भाडा कायम गर्न समेत अनेरास्ववियूले जोडदार माग गरेको छ ।

क्याम्पसले आर्थिक श्रोतको मुख्य कारण विद्यार्थीलाई मात्र पनि नर्हेन अनेरास्ववियूले आग्रह गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP